मानिस हरु जो इम्पोस्टर सिन्ड्रोम को सिकार भएका हुन्छन उनीहरु लाइ यो लग्छ कि ” जे जति उपलब्धि अहिले सम्म पाएका छु म त्यो कुराको अलिक लाएक छैन “।
हेल्लो CHAMPIONS !!!
केहि नया ज्ञान सिकौं है त ।
आखिर के हो त इम्पोस्टर सिन्ड्रोम ?
यो कुरामा त हामी अवगत छौ कि शैक्षिक उपलब्धि होस् या पेसागत सफलताको क्षेत्रमा होस्, कुनै पनि व्यक्तिले दबाब र व्यक्तिगत अपेक्षाहरू सँग संगै लिएर संघर्ष गर्न सक्छ । जो मानिसमा इम्पोस्टर सिन्ड्रोम छ तिनीहरू सफलताको प्रशस्त प्रमाण भए तापनि आफ़ुले ठगेको जस्तो महसुस गर्दछन । आफु ठगी हो कि भनेर कसैले थाह नपाओस् भन्ने सोचमा आवश्यकभन्दा बढी तयारी गर्ने वा कडा परिश्रम गर्ने गर्दछन । अनि आफ्नो क्षमता र प्रयासलाई स्वीकार्नुको साटो तिनीहरू अक्सर आफ्नो उपलब्धिको श्रेय बाह्य वा क्षणिक कारणहरूलाई दिन्छन् ,जस्तै: भाग्य, राम्रो समय वा आफूले नियमित रुपमा गर्न नसक्ने प्रयास ।
इम्पोस्टर सिन्ड्रोमका केही सामान्य लक्षणहरू :
- आफुमा शंका लाग्नु ।
- आफ्नो र सीपको यथार्थ मूल्याङ्कन गर्न नसक्नु ।
- बाह्य कारकहरू आफ्नो सफलताको कारण ठान्नु ।
- आशाहरू पूरा नगरे हुन्छ कि भन्ने डर लाग्नु ।
- जे कुरा पनि आफुलाई धेरै आउनु पर्छ जस्तो लाग्नू ।
- आफ्नै सफलता पनि आफुलाई बेकार लाग्नु ।
- एकदमै चुनौतीपूर्ण लक्ष्यहरू राख्नुका साथै स-सानो कुराहरु मा चुक्दा पनि निराश महसुस हुने ।
यति बुझौ कि अहिले २० देखि ३० % मानिस जो एक हिसाबले सफलता पाइसकेका छन् ति पनि इम्पोस्टर सिन्ड्रोमको सिकार छन् । अझ भनौ न आजसम्मको अनुशन्धानले त यो भन्छ कि लगभग ७० % बयस्क आफ्नो lifetime (जिबनभर ) मा कम्तिमा एकपटक यसको सिकार भएका हुन्छन ।
किन भइन्छ त इम्पोस्टर सिन्ड्रोमको सिकार ?
हामीलाई थाहा नहोला , कुनै-कुनै तत्त्वहरू यति सामान्य छन, जसले सिन्ड्रोम निम्त्याउन सक्छन। तपाईंहरुमध्य कति त एकदमै उपलब्धि हासिल गरेको परिवारबाट आउनुभएको होला वा प्रशंसा गर्ने र आलोचना गर्नेहरुले देख्ने गरि अघि-अघिबढ्दै जानु भनेर भन्ने आमाबाबु हुनुभयकै होला, भनौ न कतिले बाल्यकालमै आफ्ना आमाबाबुबाट शैक्षिक क्षेत्रमा हासिल गर्नुपर्ने उपलब्धिहरूबारे अत्यन्तै दबाबको सामना गरेका हुन्छम । नयाँ बाताबरणमा प्रवेश गर्दापनि सिन्ड्रोम हुन सक्छ भनेर पनि हामी बुझ्न सक्छौ । उदाहरणका लागि, कलेज वा विश्वविद्यालय सुरु गर्दा तपाईंलाई आफू यो Field संग सम्बन्धित र सक्षम नभएको जस्तो लाग्न सक्छ। बढ्दो उमेर संगै आएका व्यक्तित्वका गुणहरूले पनि धेरै हदसम्म सिन्ड्रमलाई प्रेरित गर्छ अनि प्रतिस्पर्धात्मक वातावरण त एसको मुख्य कारण हुन सक्छ।
यसले मानसिकतामा एउटा यस्तो चक्र-भ्यु खडा गर्छ, जस्तै
– भोलि तपाईं कक्षामा प्रस्तुति दिन जानु छ अनि तयारी राम्रो छैन त्यसैले अब राम्रो गर्न एक मात्र उपाय रातभरि अभ्यास गर्नु पर्नेछ जबकि केहि हदसम्म तपाईमा त्यसको लागि चाहिने practiceपहिले देखि नै छ ।
-तपाईंको विचारमा कुनै पनि पार्टी वा पारिवारिक जमघटमा पुग्नुको एक मात्र कारण तपाईंले सबै पाहुनाहरूबारे जानकारी थाहा पाउनु थियो ताकि तपाईंले अर्को पटकको भेटमा स-साना कुराकानी को लागि सधैं विचार राख्न सक्नुहुनेछ ।
यस सिन्ड्रोमले जब जरा गाडीसक्छ नि तब मुख्य समस्या के हो भने, कुनै कुरामा राम्रो गरेको अनुभवले तपाईंको विश्वासमा कुनै परिवर्तन ल्याउन सक्दैन। यति वाईयात सोचहरु आउन थाल्छन कि तपाईं कुनै कार्यक्रममा जानुभएतापनि वा साथी संगिनी संग खाजा खादै हुनुहुन्छ , तर तपाईंको मनमा अझै यस्तो सोचाइ आउन सक्छ कि , “मलाई यहाँ आएर येसरी प्रस्तुत हुने अधिकार कसले दिएको छ ?” अनि तपाईंले जति धेरै उपलब्धि हासिल गर्नुहुन्छ, त्यति नै तपाईंलाई ठगेको जस्तो लाग्छ। मानौं, तपाईंले आफ्नो सफलताको अनुभवलाई आन्तरिक रूपमा बुझ्न नै सक्नुहुन्न। अन्ततः यस्ता भावनाहरूले चिन्ता झनै बढाउछ र निराश बनाउछ ।
इम्पोस्टर सिन्ड्रोम विभिन्न तरिकामा देखा पर्न सक्छ। पहिचान भएका केही विभिन्न सिन्ड्रोमप्रकारहरु
The perfectionist : यी व्यक्तिहरू कहिल्यै सन्तुष्ट हुँदैनन् र आफ्नो काम अझ राम्रो हुन सक्छ भन्ने सधैं महसुस गर्छन् । आफ्नो बलमा ध्यान केन्द्रित गर्नुको साटो तिनीहरू कुनै पनि त्रुटि वा गल्तीमा ध्यान केन्द्रित गर्छन्।
The superhero : यी व्यक्तिहरू अपर्याप्त महसुस गर्ने भएकोले तिनीहरू आफूलाई सकेसम्म कडा परिश्रम गर्न बाध्य महसुस गर्छन्।
The expert : यी व्यक्तिहरूले सधैं अझ बढी सिक्ने प्रयास गरिरहेका हुन्छन् र तिनीहरू आफ्नो समझको स्तरबाट कहिल्यै सन्तुष्ट हुँदैनन् । तिनीहरू प्राय एकदमै सिपालु भए तापनि आफ्नै सीपलाई कम महत्त्व दिन्छन् ।
The natural genius : यी व्यक्तिहरूले आफ्नो लागि अत्यधिक उच्च लक्ष्यहरू निर्धारण गर्छन् र पहिलो प्रयासमा सफल नहुँदा कता कता कुल्चिएको महसुस गर्छन् ।
The soloist : यी मानिसहरू एकदमै व्यक्तिगत हुन्छन् र एक्लै काम गर्न रुचाउँछन् । आफ्नो Value तिनीहरूको Productivity ले गर्दा हुन्छ, त्यसैले तिनीहरू अक्सर सहयोगको प्रस्ताव अस्वीकार गर्छन्। तिनीहरू मदत माग्नुपरे आफ्नो कमजोरी वा अक्षमताको रूपमा हेर्छन् ।
यस बिषयमा काइलाबा के भन्छन त ??
इम्पोस्टर सिन्ड्रोम एक नकारात्मक सोचाइहरुको/भावनाहरूको Collection (संग्रह) हो । यस्ता भावनाहरूलाई हटाउन तपाईंले आफूबारे आफुले गरेको गहिरो विश्वासको महसुस गर्न सजिलो गराउनु आवश्यक छ। आफ्नो भावना अरुलाई पोखेर मन हलुका बनाउने गर्नुहोस, अरुलाई सहयोग गर्नु पनि जरूरी हुनसक्छ भन्नेकुरा ख्याल गरिराख्नुहोस , आफ्नो क्षमता कोर्नुहोस्/ बुझ्नुहोस् , मेरो मनमा किन एस्तो सोचहरु आएको छ भनेर आफुलाई प्रश्न गर्नुहोस , आफुलाई अरुसंग तुलना गर्न बन्द गर्नुहोस , सकेसम्म Open Minded (खुला दिमाग) हुने प्रयास गर्नुहोस , आफ्नो भावना को उच्च कदर गर्नुहोस तर समस्या आइपर्दा Compromise पनि गर्न जान्नुहोस , आदि इत्यादी गर्नुभयो भने उक्त सिन्ड्रोमबाट बिस्तारै छुटकारा पाउदै जानुहुनेछ । नबिर्सनुहोस्, यदि तपाईं लाई अझै पनि ठगेको जस्तो महसुस भइरहेको छ भने, तपाईंले आफ्नो जीवनमा केही हदसम्म सफलता हासिल गर्नुभएको छ जुन तपाईंलाइ लगिरहेछ कि भाग्यको कारणले गर्दा भएको हो जुन यथार्थ नहोला । बरु, त्यो भावनालाई Gratitude (आभारी ) को भावमा परिणत गर्ने कोसिस गर्नुहोस्। तपाईंले आफ्नो जीवनमा के-कस्ता कामहरू गर्नुभयो, हेर्नुहोस् र Thankful (धन्य) हुनुहोस् ।
काइलाबा परिवार सधैब तपाईमा हौसला थप्न तम्तयार छ।
Pingback: Huna Wisdom: 7 Principles – काईलाबा