fathers day 2021 - kailaba

बुबाको मुख हेर्ने दिन बिशेस

Hello Champions, आज बाको मुख हेर्ने दिन। काइलाबा मा पनि पछाडी बा जोडिएको छ। आज हामी पनि काइलाबाको थोरै मुख हेर्ने।

धेरै जनाले सोध्नुभयो काइलाबाको अर्थ के हो?

शाब्दिक परिभाषाबाटै जादा – काइलाबा दुइओटा शब्दले बनेको छ – काइला अनि बा।

काइला भन्नाले ४ भन्दा बढी सन्तानमध्येको चौथो सन्तानलाई बुझाउछ। र पछाडी जोडिएको बा शब्दले बुवा अर्थात् त्यो पहिलो गुरु, मार्गदर्शक र प्रेरणा जसले सदा हामीलाई आफ्ना संघर्षले समृद्द बनाउदै सत्मार्गमा हिड्न प्रेरित गरिरह्यो। हामी कसैका कुरामा भरोसा नभए पनि बाका कुरामा भरोसा गर्छौ। आँखामा पट्टि बाधेरै अन्धकारमा हिडे पनि बाका औला समाई हिड्दा साहस झनै बढी हुन्छ। अरुले भनेका निर्देशन पालन गरौँ/ नगरौं तर बाले अह्राउनुभएका निर्देशनहरु पालन नगर्न हामी सक्दैनौ। त्यसैले पनि काइलाबामा बा जोडिएको छ।

 

यी त भए शाब्दिक कुरा। तर बास्तबमै काइलाबा को हुन् त ?

काइलाबा एक प्रतिबिम्ब हो। त्यो दुर्लभ प्रतिबिम्ब हो, जुन अब मुस्किलले देख्न पाइन्छ। शाब्दिक काइलाबा पनि अब देख्न मुस्किल छ किनकि हामी दुइ सन्तान इश्वरका बरदान भन्ने शुत्रमा प्रेरित हुदैँछौ। काइलाबा – खोजेर पनि भेटिने छैन।  र हाम्रा काइलाबा एक प्रतिबिम्ब हुन् – त्यो प्रतिविम्ब जसले आफ्ना सन्तानलाई गलत मार्गमा हिडिहाल्छन कि भनेर मार्गदर्शन गरोस्।

हामी भनेर होइन देखेर सिक्छौ। आफैले चुरोट खाने बुवाले आफ्ना सन्तानलाई चुरोट नखा भनेर गाली गर्न, सम्झाउन अलि सुहाउदैन। त्यसैले आफु गलत बाटो नहिडि अरुलाई नहिड्न प्रेरित गर्ने प्रतिविम्ब हो काइलाबा। काइलाबा ती गल्तीहरुको पनि सँगालो हो जो हामीले नगर्नुपर्ने छ। काइलाबा – एक खुला किताब हुन् – जहाँ संसारका सबै किताबका ज्ञान लेखिएका छन्। काइलाबा तिनै बा हुन् जसले आफ्ना सन्तानलाई समृद्द एक योद्धा (Champion ) बनाउन चाहन्छन।

स्कुल कलेजमा डिग्रीका लागि जे पढाईए ती सिकाई थिएनन् , जीवनका हरेक क्षणमा चाहिने सिकाई सिकाउने वाला गुरु हुन् – काइलाबा। काइलाबा त्यो नशा हुन् – जसले हामी हर सबैलाई डोर्याउदै छन् – हाम्रो आफ्नो सपनाको दुनियामा।

तिमि हिड्दै गर्दा हार्न सक्छौ , हिम्मत टुट्न सक्छ। त्यहि टुटेको तिमीमा हिम्मत भर्ने साहस हुन् – काइलाबा।  तिमि हिड- काइलाबा प्रकाश बनेर अन्धकारमा तिमीलाई डोर्याईरहनेछन।

काइलाबासहित सम्पूर्ण संघर्षशील बाहरुमा बुवाको मुख हेर्ने दिनको शुभकामना। सम्पूर्ण बा हरुले सन्तान प्रति गर्नु भएको संघर्ष हामीले बुझेर सार्थक बनाउन सकौ , सम्पूर्ण बुवाहरु प्रति हार्दिक नमन 🙏🙏🙏

author avatar
काईलाबा

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Ads Blocker Image Powered by Code Help Pro

Ads Blocker Detected!!!

We have detected that you are using extensions to block ads. Please support us by disabling these ads blocker.

Powered By
Best Wordpress Adblock Detecting Plugin | CHP Adblock