guru Purnima

गुरु पुर्णिमा बिशेष : २०७९

गुरु पुर्णिमा बिसेष 

 

Champions, शब्दद्वारा शब्दभन्दा परको दृश्य दिलाउन सक्ने माध्ययमका रुपमा बुझेका थियौ – पुस्तकलाई। 

र त्यहि शब्दका मध्ययमद्वारा आफ्ना अनुभवलाई हमिसम्म पुर्याएर सहि मार्गनिर्देश गर्नुहुने सम्पूर्ण लेखकीय गुरुहरुप्रति आभार प्रकट गर्दछौ। 

सुरुवात गरेका थियौ – काईलाबा Web को – आज अर्थात् गुरुपुर्णिमा कै दिनबाट – एक बर्ष अघि। 

त्यहि पुस्तकभित्र शब्दहरुमा राखिएका गुरुहरुक अनुभवहरुलाई तपाईसामु पुर्याउने एक तरिका/जरिया या भनौ एक माध्ययमका रुपमा। 

 

हामी हाम्रो उद्देश्यमा कत्तिको सफल भयौ – त्यो किटान गर्न सक्दैनौ – यद्दपि १ बर्सको अवधिमा दश हजार बढी visitors माझ पुग्न सकेकोमा हर्षित चै पक्कै छौ।

kailaba analytics

 

व्यस्तता र आफ्नै अल्झन-उल्झनका बाबजुद पनि हाम्रो अथक प्रयास जारि छ, हजुरहरुको साथ र प्रेमका लागि आभारी छौ। 

गुरु पुर्णिमा – २०७८ यहाँ पढ्नुहोस। 

 

गुरु – कोहि एक व्यक्ति होइन। 

यो त एक अवस्था हो – जहाँ उत्कट प्रेम बग्छ, निस्वार्थ भाव र भावबिब्हल हृदयमा। 

निस्वार्थ प्रेमपूर्ण भावबाट जीवन र जगतका हरेक मर्म बुझ्नलाई प्रेरित गरिरहने हरेक क्षण, चुनौती तथा अवस्थाहरु मेरा लागि गुरु समान छन्। 

 

एकदमै कठोर, निर्दयी र निर्मम लाग्ने ती क्षणहरु पनि गुरु बनि पाठ सिकाईसकेपछि भने उत्कट दयाले भरिएका कोमल हृदयजस्तै हुदा रहेछन भन्ने बोध लाग्ने रहेछ। 

ती सम्पूर्ण अवस्थाहरु – कहिले व्यक्तिका रुपमा आईदिनुभयो त कहिले शब्दका रुपमा आईदिनुभयो भने कहिले पुस्तकका रुपमा आईदिनुभयो त कहिले साक्षात अनुभवका रुपमा। 

ती सम्पूर्ण अवस्थाहरुप्रति – जसले मलाई गुरुका भान झल्काईरहनु भयो या म भनु गुरु सम्झदा  – ती भान सम्झन्छु, ती सम्पूर्णलाई गुरु-पुर्णिमाको शुभकामना। 

 

कहिले फुलका बासना बनि आइरह्यौ ,

कहिले माकुराका जाला भनि आइरह्यौ,

सिकाएरै गयौ – उद्देश्य त्यहि थियो तिम्रो।

फूलमा भमरा आएझै रमि रमि आइरह्यौ। 

 

सम्पूर्ण गुरुजनप्रति हार्दिक नमन 🙏🙏

author avatar
काईलाबा

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Ads Blocker Image Powered by Code Help Pro

Ads Blocker Detected!!!

We have detected that you are using extensions to block ads. Please support us by disabling these ads blocker.

Powered By
100% Free SEO Tools - Tool Kits PRO