माया – Love

माया ,आखिर के हो त माया ?

Champions, आज हामी केहि अलग कुरा जानौ है त !!!

सरल भाषामा माया(love) भन्नाले कुनै पनि कुरा प्रतिको स्नेह/प्रेम भन्ने बुझ्न सकिन्छ। हामी आजकलका ति ठिटा-ठिटीको बीचको सम्बन्धलाइ मात्र माया नबुझी वास्तविक कुरा बुझ्न खोजौ न।
एउटा यस्तो भाव जसको कुनै कारण हुदैन भन्न सकिन्छ तर अनेकौ कारण पनि हुन्छन। माया/प्रेम अनेकौ प्रकारले लिन सकिन्छ , जस्तो प्रेम साथी साथी बिचमा हुन्छ उस्तै प्रेम आमाबुबासंग हुदैन ,जस्तो प्रेम प्रेमीप्रेमिकाका बिचमा हुन्छ उस्तै साथीसाथी बीच हुदैन ,अर्थात अझ यसरी बुझौ कि परिस्थिति अनुरूप हामीमा भएको भावना मा फेरबदल हुन जान्छ। तर यी सबै किसिमका प्रेममा एउटा कुरा त साझा हुन्छ ,कसैको लागि मरिमेट्न भने तयार होइन्छ । आफुलाई जस्तो सुकै बेला बिपत आइपरे पनि, जा गर जे गर्नुछ भनेर बाबुआमाले कहिल्यै छाड्दैनन् । बुबा को देख्न नसकिने साथ अनि आमाको मेरो छोराछोरी सधा खुसि रहिहरुन भन्ने प्राथना बाटै अन्दाज लगाउन सकिन्छ माया के हो भनेर। निकै अप्ठ्यारो परिस्थिति होस् या निकै खुसि को क्षण सधा साथ दिईरहने साथी बाट अन्दाज लगाउन सकिन्छ माया के हो भनेर , सारा दुनियाले घोच्चिरहेको बेला हात थामी संगै संघर्स गरि गारो कामलाई  पनि गर्ने साहस दिररहने प्रेमी/प्रेमिका बाट सजिलै अन्दाज लगाउन सकिन्छ कि माया के हो भनेर। यस्तै धेरै उदाहरण लिन सकिन्छ माया शब्दलाई  अर्थ्याउन अनि माया किन/ कति महत्वपुर्ण  छ बुझ्न यिनै माथिका तिन सम्बन्ध काफी छन ।
यति भन्दै गर्दा काइलाबाले सुनाएको एउटा सानो कथा सुनम है त।
एउटी महिला घर फ़र्किदै थिईन ,आफ्नो घरको ठिक अघि आगन मा ३ जना दारि फुलेका बृद्ध बसेको देखेपछि भनीन “मलाइ लाग्दैन कि म हजुरहरुलाई चिन्छु ,तर तपाईहरु पक्कै भोको हुनुहुन्छ होला आउनुहॊस केहि खाएर जानुहोस “। एस्तो प्रतिक्रिया सुनेपछि उनीहरु भन्छन “के तिम्रो श्रीमान घरमा छैनन् ?” । ” नाइँ उहा कामबिशेष बाहिर जानुभाकोछ। ” उनले भन्नासाथ “उसोभए हामी आउन मिल्दैन ” भनेर आफ्नो प्रतिक्रिया दिन्छन। बिस्तारै साझ ढल्किदै गयो ति महिलाका श्रीमान पनि निकै थकानका साथ घर आइपुग्छन । भित्र छिर्नासाथ बाहिर को आएर बसेका हुन भित्रै बोलाउ न भन्छन ,महिला बाहिर निस्कदै मेरो श्रीमान आइपुग्नुभयो तपाइहरु आउन सक्नुहुन्छ । त्यतिकैमा कुनै एउटा बृद्ध भन्छन “हामी तिनैजना संगै आउन सक्दैनौ “। किन होला केहि कारण ? उनि सोध्छिन । । बृद्ध भन्छन “औल्याउदै उसको नाम सम्पति , उसको नाम सफलता ,अनि म प्रेम , अब हामि मध्ये कोहि एक लाइ छनोट गर्नलाई, तिमि आफ्नो पुरुष संग छलफल गरेर आउ । ”
तब ति महिला भित्र जान्छिंन र भएको कुरा सुनाउछिन ,सुन्नासाथ खुसि हुदै ल गज्जब भयो सम्पति लाइ बोलाउ न त , आफ्नो असमर्थता जनाउदै भन्छिन ,बरु सफलतालाइ बोलाम कि सोचेको , त्यतिकैमा छोरी आएर भन्छिन ” नाइँ प्रेम लाइ ल्याउनु , त्यसपछी  त घरपरिवारमा माया नै माया छरिनेछ ” ,अन्त:त कुरा चित्त बुझ्दो लागेपछि ति महिला बाहिर आएर प्रेम लाइ बोलाउछिन , जब प्रेम उठेर घरतिर जादै गर्छन ,बाकी ति २बृद्ध पनी पछि पछि लागेर आउछन ,अचम्मित हुदै ति महिला सोध्छिन “मैले प्रेम लाइ मात्र बोलाएको , किन यी बाकी २ पनि आएका ?” ।

त्यसपस्चात कुनै एक बृद्ध ले निकै महत्वपुर्ण कुरा बताउछन “ यदी तिमिले सम्पति अथवा सफलता मध्ये कुनै एक बोलाउथ्यौ भने बाकी दुइ बस्ने थिए तर प्रेमलाइ बोलायौ तसर्थ जहाँ जहाँ प्रेम छ त्यहाँ त्यहाँ सफलता अनि सम्पति दुवै आफै पछि लाग्दै आउछन । “

 

author avatar
काईलाबा

4 thoughts on “माया – Love”

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Ads Blocker Image Powered by Code Help Pro

Ads Blocker Detected!!!

We have detected that you are using extensions to block ads. Please support us by disabling these ads blocker.

Powered By
Best Wordpress Adblock Detecting Plugin | CHP Adblock