shiva gyawali writes, shiva gyawali - aena bhitrako mah

ऐना भित्रको म। 

ऐना 

 

ऐना भित्रको म। 

 

भर्खर ऐना हेरे, परेला राम्रा छन् – निधार त्यति फराकिलो छैन। 

तर होइन।  कपाल,  झुप्पो-झुप्पो परेर अगाडी झरेको छ – त्यहि निधारमा। दायापट्टी त्यहि राम्रो परेलाको अन्त्यमा परेला टुंगिने ठाउमा अर्को झुप्पोको स्पर्श छ। त्यसकै बिपरित दिशामा दुइओटा साना झुप्पाका बिचबाट एउटा कोठीले हेर्दै छ। मुख्य झुप्पोको सिधै तल पर्नेगरि  बायाँ परेलाको नाकथिमको भाग एक-औला माथि बसेर जिस्काईरहेछ, अर्को कोठी। 

आखाँ राम्रा छन् – अनि अझ ती परेला जोडिएका छन्। भाई तैले अहिलेसम्म  गलत लेखिस, आखिंभौ हुन् ती – जो जोडिएका छन्। 

खयर, जे होस्, आखाँ राम्रा छन्। मैसँग जुधाएको जसरी हेर्दै छ आखाँ। काला नानी र अलि अलि राता-सेता भुइँमा राता-राता देखिएका छन्,जसले देख्छन।

के साँची आखाँले देख्छन ? के मैले मलाई देखें ? ऐनामा के छ? म छु ??

 

ऐनामा के छ?

एक भ्रम छ – जसलाई लाग्छ कि म छ। एउटा भ्रम छ, जसलाई वास्तविकतामा देख्न सकिदैन – पत्याईदिन पर्याछ ऐनाका कुरा। राम्रो छ ? नराम्रो छ ? ऐनाभित्र के छ ?

एउटा भ्रम छ, उसलाई लाग्छ – उ नै सर्वोपरी हो। नक्कल गर्छ, जे म गर्छु, मुस्कुराएझै गर्छ – के म मुस्कुराएको छु ?बेला बेला सानदार गफ पनि दिन्छ। के मलाई गफ दिन जरुरि छ? मैले नचिनेको हो र तलाई?

त ऐनालाई हेर्दै छस् या तलाई हेर्दै छस्। ऐनाले के गर्दै छ? 

केहि गर्दै छैन – जे गर्दैछु मैले गर्दै छु, ऐना त नक्कल फिर्ता पठाउदै छ। हो, ऐना समाज हो – जसले म जो छु, जस्तो छु, त्यसकै प्रतिविम्ब दिन्छ – म मुस्कुराउछु त ऐना रुदैन – म जस्तो व्यवहार गर्छु – ऐना त्यहि फिर्ता दिन्छ – ट्याक्कै प्राकृतिक नियम जस्तै। 

मैले अरुको कुभलो चिताए भने – मलाई भलो फर्कदैन, किनकि म रोए भने – ऐनाले हासो फर्काउदैन – रोएको रुन्चे नै फर्काउछ–ट्याक्कै त्यसरी नै मलाई कुभलो फर्कनेछ। 

दोष म ऐनालाई थोपर्नेछु – तर यो कत्रो ठुलो  भ्रम हो। ऐना भ्रम होइन – ऐना यथार्थ हो – तर ऐनालाई भ्रम देख्ने मेरो नजर भ्रम। ऐनाले त त्यहि देखायो – जे म मा छ। 

 

Wow, ऐनाले त्यहि फर्काउछ जे म मा छ – मतलब म मा प्रेम छ त – प्रेम नै फर्कनेछ – ऐना त त्यो हो – जसले जे दियो त्यहि फर्काउनेछ। ऐना प्रश्न गर्ने छैन – प्रतिविम्ब दिनेछ। उसोभए म अब त्यो दिउ – जो म चाहन्छु। म ऐनामा परिवर्तन गर्न खोज्नु मुर्खता हो – किनकि समस्या म मा छ – ऐना त सिर्फ यथार्थ देखाउछ। 

अब म त्यहि रोप्नेछु – जो म फलाउन चाहन्छु। कति रमाइलो। मैले अब यो बुझ्न जरुरि छ कि – प्रेम फलाउन चाहन्छु  त – घृणा रोपेर हुदैन। प्रेम नै रोपेपछि फिर्ता प्रेम नै आउनेछ। ममा जे छ, त्यहि नै प्रतिविम्बित हुनेछ – कति ठुलो रहस्यमा छ ऐना – तर साधारण। 

सामान्य – म जे छु – त्यहि यथार्थको प्रतिविम्बमा छ ऐना। 

ऐना त शान्त छ – हलचल र हतार अनि अशान्ति त म मा छ। ऐना त लाटो छ।  बोल्ने, कराउने त  म छु, कति भद्र र शालीन छ ऐना। ऐना – मेरो लागि त यथार्थको प्रतिविम्ब हो। तर ऐनाको लागि म को हुँ ? के ऐना छुट्याउन सक्छ – म आउनु र अरु आउनु मा ? यदि ऐना मान्छे हुदो हो त के गर्दो हो ?

 

बुवाको मुख हेर्ने बिशेस लेख यहाँ पढ्नुहोस 

तर ऐनाको लागि म को हुँ ?

ऐनाको लागि म को हुँ ?

के ऐनाले अन्याय गर्छ ? त मेरो मान्छे, त फलानाको मान्छे? ऐनाको लागि म एक भ्रम हुँ। “उ त एक सेकेन्ड पनि बिश्राम नगरी मेरो प्रतिविम्ब देखाऊदै छ” भनेर मख्ख पर्नु मेरो भ्रम हो। किनकि ऐनाले मलाई मात्र प्रतिविम्ब गर्दै छैन – उ त हर चिजलाई गर्दैछ जो उसको नजरमा परेका छन् – यसरी हेर्दा ऐनाले अन्याय गर्दैन।

तर होइन – कतिपटक त मैले नै ऐनाद्वारा मलाई हेर्दा छक्क परेको छु, कि घरि यसो गरेर यताबाट  हेर्दा राम्रो देखिन्छ – अनि घरि उताबाट हेर्दा  – angle, angle बाटै म फरक देखिन्छु – अनि कल्पिन्छु कि “handsome universe” भए। 

Angle मा त मलाई र मेरो हेराइलाई  फरक पर्छ नि – यसमा पनि ऐनालाई त के फरक पर्छ र ? उसले त आफ्नो core value-core identity जे हो – त्यहि पछ्याएको छ। मुर्ख त म छु – जो यसो गर्दा राम्रो र उसो गर्दा नराम्रो भन्दै न्याय र अन्याय गर्दैछु। 

 

ऐना छक्क पर्दो हो – मेरो भ्रम देखेर। घरि शेर झैँ दारी मठारेर – बटारेर मुखियाँ सरदारजी बन्छु त घरि “भाई, त मुलाले अल्छी मात्र गरिस् यार” भनेर हप्काउछु। 

खयर, जे होस् – ऐना एक यथार्थ हो – जसले म भ्रममा पनि यथार्थ खोज्न हौसला दिन्छ। तर, साँची- ऐना पनि म जस्तै एक मान्छे भए ??

 

ऐना पनि म जस्तै एक मान्छे भए ??

कुरा मिल्दैनथ्यो। ऐनाले ऐनालाई नै हेर्न खोज्थ्यो सायद। अनि आफैँ छक्क र दङ्ग पर्थ्यो – जसरी म पर्दैछु – आफैलाई देखेर। 

ऐनाले मलाई हेर्दै छ – र मुस्कुराएको छ।  ऐनाले म मा के देख्दैछ? के त्यहि देख्छ – जे म ऐनामा देख्दैछु ??

 

Champions, हाम्रो लेख पढ्नु भएको  मा धेरै आभारी छौ, साथै धेरै-धेरै धन्यवाद ||

यो लेख शिव प्रसाद ज्ञवालीले लेख्नु भएको हो |

तपाइको लेख पनि समेट्न हामीलाई लेखेर पठाउनुहोस् – admin@kailaba.com मा | हामी Review गरेर publish गर्नेछौ |

author avatar
काईलाबा

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Ads Blocker Image Powered by Code Help Pro

Ads Blocker Detected!!!

We have detected that you are using extensions to block ads. Please support us by disabling these ads blocker.

Powered By
100% Free SEO Tools - Tool Kits PRO