guru Purnima

गुरु पुर्णिमा – २०७८

“गुरुर्ब्रह्मा, गुरुर्विष्णु गुरुर्देवो महेश्वरा:

गुरुर्साक्क्षात परब्रह्म तस्मै श्री गुरुवे नम:।”

गुरु – अन्धकार बाट उज्यालो तर्फ डोर्याउने जो कोहीलाई गुरु भनिन्छ। जीवन भोगाईसंगै हामीलाई विभिन्न तरिका बाट डोर्याउनुहुने गुरुहरु हामी विभिन्न माध्यमबाट  भेट्दछौ। अझ गुरुको सान्निध्यमै रहेर ज्ञान पाउने अवसर धेरै कम ले पाउछन्। र पनि अहिले भने हामी संग पहिला जस्तो बाधा व्यवधान छैनन्, हामी जहाँ कहिँ रहेर गुरुको सान्निध्य पाउन सक्छौ। हामीलाई डोर्याउने गुरुसँग  – भौतिक रुपमै हामी सानिध्यमा पुग्न असक्षम रहेता पनि विभिन्न माध्यम बाट भने जोडिन सक्छौ। तीनै माध्यम मध्यको एक हो – पुस्तक। 

 

पुस्तक – सिर्फ शब्दको कुंजी मात्र हैन , पुस्तक आफैमा गुरुको एक अंश हो। तपाई पुस्तक पढ्दा सिर्फ शब्द पढ्नु हुन्न – गुरुले डोर्याउनुभएको बाटो पछ्याउनुहुन्छ। हो तिनै गुरुलाई शब्दको माध्यम बाट तपाई सामु ल्याइदिने भरिया हो पुस्तक।मेरो आफ्नै व्यक्तिगत अनुभवमा पनि, गुरुको सानिध्याका लागि पुस्तक भन्दा अरु कुनै ठुलो माध्यम होला जस्तो लाग्दैन। कुनै पनि व्यक्तिले आफ्नो जीवनकालमा सिकेका अनुभवहरुलाई शब्दको जालमा अल्झाएर सजिलै तपाईको पहुचमा पुर्याउन पुस्तकले सहयोग पुर्याउछ। कसैको जीवनको अनुभव सिर्फ तपाई हामी केहि घण्टा र केहि दिनमै बुझ्न सक्छौ –  र पुस्तकको बारेमा यो भन्दा ठुलो परिभाषा म अरु कुनै देख्दिन। 

थोरै कुरा – गुरु चुन्ने बिषयमा 

तपाई के बन्ने या कस्तो बन्ने भन्ने कुरा तपाइले पछ्याउने गुरुमा निर्भर रहन्छ। सहि गुरुको चयनले तपाइलाई सहि दिशामै लैजान्छ भने गुरु चुन्न जानेनौ त हामी अल्झिञ्छौ। अहिले समय यस्तो छ कि, हामी हर किसिमको गुरु संग सजिलै जोडिन सक्छौ , बस तपाईले चुन्न मात्र जरुरि छ।

तपाई कुन पेशा अगाल्दै हुनुन्छ – त्यै पेशामा पहिले नै दक्षता हासिल गरिसक्नु भएका धेरै गुरु तपाइलाई बाटो डोर्याउन तम्तयार हुनुन्छ। तपाइको भविस्य – आज कसैको वर्तमान हो , र सोच्नुहोस त, त्यहि आज वर्तमान जिउदै गरेको बाट तपाइले सिक्न पाउनु भयो, हात समाएर डोर्याउने अवसर पाउनु भयो भने के होला ? तपाई कतै अल्झे कि भन्ने महसुस हुदै गर्दा, तपाइलाई ढाडस दिने त्यो व्यक्ति पाउनु भयो भने कस्तो होला ? हो त्यो सम्भब छ, र सम्भव छ – पुस्तक बाट। र यहि यात्रालाई अझ सहज बनाउन – हामीले पनि सुरु गरेका छौ – सानो प्रयास। प्रयास- पुस्तकमा लुकेर रहेका गुरुका बाटोहरुलाई तपाई सामु पुर्याउने। 

काईलाबा – जसले किताब पढ भन्छ , त्यहि प्रयास हो – जसले तपाइलाई गुरुसम्म पुग्न डोर्याउनेछ। 

आज गुरु पुर्णिमाको अवसर पारेर हामीले हाम्रो दायरालाई YouTube हुदै website  सम्म पुर्याएका छौ।

सिक्दै, सिकाउदै सँगै अघि बढौ। 

हजारौ पुस्तक लेखेर हामीलाई डोर्याउनुहुने सम्पूर्ण गुरुजनप्रती नमन। काईलाबा परिवार तपाई सबैमा एउटा गुरुको बिउ उमार्न चाहन्छ – आजको शिष्य , भोलीको गुरु। र विश्वास छ, ढिला – चाडो हाम्रो सपना पुरा हुनेछ। सिक्दै छ नेपाल – बढ्दै छ नेपाल।

author avatar
काईलाबा

5 thoughts on “गुरु पुर्णिमा – २०७८”

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Ads Blocker Image Powered by Code Help Pro

Ads Blocker Detected!!!

We have detected that you are using extensions to block ads. Please support us by disabling these ads blocker.

Powered By
100% Free SEO Tools - Tool Kits PRO