the compound effect

THE COMPOUND EFFECT SUMMARY

 The Compound Effect  -Darren Hardy

हेल्लो champions 

अति स- साना, साधारण लाग्ने कुराहरुको दिनहु  प्रयोग बाट कसरी हामी सफल हुन सक्छौ र के हो त compound नियम जसलाई Einstein ले पनि विश्वको ८औ आस्चर्य  भनेका थिए। अनि कसरी यसको प्रभाब को जिबनमा प्रयोग गर्न सक्छौ भन्ने कुराको व्यवहारिक तरिका  देखयिएको Darren Hardy ले लेखेको  पुस्तक  The Compound Effect को निष्कर्स ल्याएका छौ। 

Compound effect भनेको साना साना कुराहरु संग्रह गरेर ठुलो फरक पार्ने नियम हो । 

Compound effect ले जहिले काम गरिरहेको हुन्छ..

यसको  परिणाम, एकदमै ठुलो भएता  पनि तत्काल को अवस्थामा भने यसका नतिजाहरु  त्यस्तो महत्वपूर्ण  देखिदैनन्। 

तपाइले यो थाहा पाउन जरुरि छ कि हामीले दैनिक लिने साना साना छनोट या प्रयास हरु संयुक्त भएर कालान्तरमा ठुलो नतिजा दिन्छन्। 

तर, सवाल यो आउछ कि, के तपाईमा त्यो जुनून छ, कि नतिजा न आउदा सम्म    एक दिन पनि नटुटाई, अनवरत रुपमा लागि पर्छु?

यदि तपाईमा त्यो जुनून छ त, भिडिओ अन्तिम सम्म हेर्नुहोस, म एक एक गरि तपाइलाई सिकाउनेछु। 

सर्ब प्रथम, हामी सबै हाम्रा छनोट (choice ) ले बनेका हौ। हामी सबै समान जन्मिएका थियौ, उही नांगै, अज्ञानी तर अहिले हामी जो छौ जे छौ, त्यसको कारण हामीले आजसम्म लिएका छनोटहरुको नतिजा हौ 

Hardy भन्छन,  हाम्रो मुख्य समस्या,  यो हैन कि हामी जानेर नराम्रा छनोट या निर्णय  अगालिराखेका छौ, यदि यसो हुन्थ्यो त यसलाई सुल्झाउन धेरै नै सजिलो हुन्थ्यो , तर हाम्रो मुख्य चुनौती त यो हो कि हामी  ध्यांभंगमै हाम्रा छनोटहरु लिइराखेका छौ 

त्यसैले हामीले सुरुमा मा त आफ्ना छनोटहरु प्रति सजग  हुन जरुरि छ र अबका नया निर्णय हरु एस्तो छनोट  गर्नु छ जसले तपाइलाई त्यहाँ पुर्याओस जहाँ तपाई पुग्न चाहनुहुन्छ। 

र सजग भएर निर्णय लिनका लागि,

तपाइले यो बुझ्न जरुरि छ कि, केवल  तपाई, तपाई मात्र ,   तपाइले गरेका, नगरेका या तपाई प्रति के गरियो र त्यसको  तपाइले  के प्रतिक्रिया दिनुभयो? भन्ने कुराको जिम्मेवार हुनुहुन्छ। 

Champions, परिवर्तनका लागि पहिलो कदम चेतना हो। 

यदि तपाई अहिले जहाँ हुनुहुन्छ त्यहाबाट त्यहाँ पुग्न चाहनु हुन्छ जहाँ तपाई चाहनुहुन्छ भने तपाई ती निर्णयहरु प्रति सजग  हुन जरुरि छ जसले तपाइलाई तपाइको चाहद्को गन्तब्य मा पुग्न बाट रोकी राखेको छ। तपाई आफ्ना हरेक ती निर्णयहरुको आफुले गर्ने कर्म प्रति सजग रहनुस र एउटा कपिमा track गर्नुस। र तपाइको चाहद्को गन्तव्यमा पुर्याउने निर्णयहरूलाई पहिचान गर्नुहोस ।

Champions , अब तपाई उत्तम निर्णयहरु चयन गर्दै हुनुहुन्छ , अब तिनी हरुलाई habit यानिकी बानि   बनाउने बेला आएको छ 

बानी  – त्यो कुरा हो जसको स्वचालित क्रियामा हाम्रो जिन्दगी चल्ने गर्दछ। त्यसैले अब हामीले चयन गरेका तीनै हाम्रा छनोटहरुलाई  हाम्रो जिन्दगि सुम्पिदिने बेला भएको छ ,तर त्यसका लागि पहिला हामी आफ्नो अहिलेको बानीप्रति सजग  हुन जरुरि छ – 

धेरै जस्तो अवस्थामा  , तपाई हामीलाई थाहा हुन्छ कि, कुन चाई उत्तम निर्णय हो र कुन खराब, र पनि हामी ती हाम्रा उत्तम निर्णयमा अडिग रहेर तिनीहरुलाई  बानीमा बदल्नमा असफल रहन्छौ। किनकि हामीलाई instant gratification अर्थात् तत्काल आनन्द  चाहिन्छ। जस्तो मानौ , तपाइले  तान्दै गरेको चुरोटको अर्को सर्कोले तपाइको अनुहार ८२ बर्सको बृद्दको  जस्तो देखिन्थ्यो भने तपाई अर्को सर्को लिनु हुने थिएन। तपाईको  खराब बानी हटाउनका लागि  इच्छा शक्ति भएर मात्र हुदैन, इच्छा शक्तिको प्रयोग गरेर त तपाइले प्रयास गर्नु भयो होला र फेरी छोड्नु भयो होला , त्यसैले पहिला आफ्नो वास्तविक कारण खोंजुहोस कि बास्तबमै तपाइको लागि यो त्याग्न किन जरुरि छ ?  

Forget about willpower. It’s time for why-power 

खराब बानी हटाउनको लागि किन हाम्रो इच्छा शक्ति ले मात्र पुग्दैन त? यो बुझ्नका लागि आउनुहोस ,कुनै पनि बानीको  पछाडिको बिज्ञान जानौ  : 

विज्ञानको अनुसार धेरै पटक दोहोर्याइएको विचार र कार्यहरुको शैलीले एउटा neuro – signature निर्माण गर्छ  जसलाई brain groove भनिन्छ। Brain Groove मा परस्परमा  जोडिएका  neurons हरु हुन्छन जसले कुनै बिसेस बानीको विचार धाराशैली  बोक्ने गर्दछन 

Attention feeds habits.

जब जब हामी हाम्रो बानीमा ध्यान दिन्छौ , तब तब हामीले त्यो brain groove लाई सक्रिय गर्छौ र त्यो बानिसंग सम्बन्धित विचार, चाहना र आफ्ना कार्यहरुलाई उक्साउछौ र अनि brain groove अझ गहिरो बन्दै जान्छ। Champions, खुसीका कुरा त के हो भने  , हाम्रो मस्तिष्क मुलायम  छ।  मतलब , यदि हामीले हाम्रो खराब बानीमा ध्यान दिन बन्द गर्यौ भने, त्यो बानीसंग सम्बन्धित brain  groove  कम्जोर हुदै जान्छ र अन्तत , मेटिन्छ। यदि यसो हुदैनथ्यो त, तपाई हामी एकपटक एउटा बानी अगालिसके पछि त्यसलाई परिवर्तन गर्न सक्दैनथ्यौ। तर हामी संग यो super power छ कि हामी हाम्रो सजगताले सजिलै  हाम्रो खराब आचरण र बानी हटाउन सक्छौ।

त्यसैले हाम्रो इच्छा शक्ति ले मात्र यस कारणले  पुग्दैन,  कि,  खराब बानीको brain groove लाई सक्रिय पार्ने घटना, बस्तुहरु हाम्रो कन्ट्रोल भन्दा बाहिर हुन्छन, जस्तो तपाई चुरोट खान छोड्दै गर्दा, अरुले खाएको देख्दा वा धुवा र गन्धले तपाइको brain groove सक्रिय बनाउन सक्छ  र त्यतिबेला तपाइलाई संयम बनाएर नियन्त्रण मा राख्ने – तपाइको वास्तविक कारणको शक्तिले हो। त्यसैले आफ्नो why power खोज्नुहोस।

Newton को पहिलो नियमले  भन्छ – कुनै बाहिरी बल प्रयोग नभए सम्म,  स्थिर अवस्थामा भएको बस्तु स्थिर्मै रहन खोज्छ र चालमा भएको बस्तु चालमै रहन खोज्छ।अर्थात् यदि तपाई दौडिदै हुनुन्छ भने, एक्कासी रोकिन सक्नुहुन्न किनकि तपाइको चालमा रहेको शरीरको गतिले तपाइलाई दौडाइ रहन खोज्छ।

Champions , अहिले सम्म हामीले आफ्नो लागि राम्रा छनोटहरु चुन्ने भईसकेका छौ।  र त्यस्लाई बानीमा ढाल्ने  तरिका पनि जानी सक्यौ – अब पालो हो,… आफ्नै rocket प्रक्षेपण गर्ने ,Rocket  यानिकी त्यहि रफ्तारको गति जुन गतिलाई  तपाइको सरिरले एकपटक पाए पछि तपाइलाई दौडाइरहन खोज्यो। । हो अब हामीले हाम्रो बानीलाई त्यहि गति प्रदान गर्नु छ – जसलाई momentum भनिन्छ। एकपटक हाम्रो बानीलाई गतिले अर्थात् momentum ले समाते पछि हामीलाई त्यो बानी पालना गर्नबाट   कोहि माइकालालले  रोक्न सक्दैनन। Newton को नियमले भनेको जसरी हामीलाई हाम्रो गतिले हिडाईरहनेछ। 

Champions, सुरुवात गर्न र हुन गारो छ। पहिलो कदम वास्तविक(साचिकै  )हुने कठिन भन्दा धेरै नै  कठिन र गाह्रो लाग्छ, किनकि त्यो पहिलो कदम नै हो, जसले तपाइलाई स्थिर अवस्था  बाट चाल मा लैजान्छ। निरन्तरताको कमीले Momentum मा रोक लगाउछ त्यसैले  हामीले यस्तो दिनचर्या निर्माण गरेर पालना गर्नु छ जुन हामी हाम्रो जिन्दगीको ५०औ वर्ष सम्म पछ्याउन सकौ, न कि ५ हप्ता या ५ महिना। एउटा कपि र कलम लिनुहोस् र जीवनभर एकैनास गर्न सकिने दिनचर्या बनाइहाल्नुहोस, तपाइलाई हाम्रो तर्फ बाट शुभकामना । 

हामी, हामी ओरपरको बाताबरण बाट अति नै धेरै प्रभावित हुन्छौ र बिसेसत हामी ३ प्रकारका प्रभावहरु बाट प्रभावित हुन्छौ

१.हामीले ग्रहण गर्ने जानकारी 

    हाम्रो मस्तिस्क सूचना प्रशोधन गर्ने अवयव हो।हामी हाम्रो मस्तिस्कलाई के जानकारी दिन्छौ ? हामी जे दिन्छौ , फिर्तामा        त्यहि पाउछौ – जे रोप्छौ, त्यहि फल्छ। त्यसैले तपाई आफ्नो मस्तिस्कलाई  के कस्तो जानकारी  दिदै हुनुहुन्छ – यो कुरामा      बिसेस ध्यान दिनुस। 

२. हामी कस्ता  व्यक्ति बाट प्रभावित छौ 

      Champions , संगत गुनाको फल भन्ने उक्ति त सुन्नु भएकै होला। हाम्रो संगतले ले हाम्रो सोचाई र मनोबृद्धिलाई                    निर्धारण गर्छ।त्यसैले आफ्नो संगत प्रति सजग रहनुस। 

३. बाताबरण  

   के हामी रहेको बातावरण हाम्रो नया बानीका लागि अनुकुल छ त ?हाम्रो सपना हामी रहेको बातावरणभन्दा ठुलो हुन             सक्छ र त्यसलाई पुरा गर्न, हामी हाम्रो मानसिक र शारीरिक बातावरण बाट नया बातावरण मा जान जरुरि हुन सक्छ।Champions  अब हामी आजको भिडिओ को अन्त्यतिर आईपुगेका छौ र अब अन्तिम जानकारी बाकी छ। अहिले सम्म तपाइको निर्णय  तपाइको बानि बनिसकेको छ अनि त्यसलाई त्यसकै momentum ले दौडाउदै छ , अब पालो हो तपाइको वास्तविक प्रतिस्पर्धी संग भेट्ने। 

Champions , अहिले सम्म आईपुग्दा तपाइले  यो बुझ्नु भयो होला कि तपाईका खराब बानीहरु  , तपाईका नकारात्मक साधारण निर्णयहरु  तपाईका प्रतिस्पर्धी  थिए। तर  अब यो थाहा पाउने बेला हो कि तपाइको वास्तविक प्रतिस्पर्धी  , तपाई स्वयम् हुनुन्थ्यो ,तपाइको  वास्तविक प्रतिस्पर्धी, तपाई भित्र छ , र अब त्यसलाई जित्ने  बेला हो। तपाइको संघर्ष  तपाई स्वयम् संग हो – झट्ट हेर्दा तपाईका खराब बानीहरुसंगको संघर्ष  देखिए पनि  बास्तबमा त्यो संघर्ष  तपाई स्वयम् संगको थियो। र तपाइको लक्ष्य हिजो को तपाईलाई जितेर भोलिको तपाइको सिर्जना गर्नु हो र त्यसका लागि तपाइलाई साथ दिनेछ – Compound  effect ले। Champions, तपाई पनि Darren Hardy को पुस्तक  द Compound Effect पढ्नुहोला, केहि   अब यी कुरा हरुलाई आफ्नो जीवनमा लागु गरेर प्रतिफल खाने पालो तपाइको हो, ढिला नगर्नुस।

1 thought on “THE COMPOUND EFFECT SUMMARY”

  1. Pingback: Suggestions for Subconscious Mind – (From The Power of your subconscious mind) – काईलाबा

Leave a Comment

Your email address will not be published. Required fields are marked *