‘आमा’ हरु प्रति समर्पित

Champions, आज मातातिर्थ औशी तथा जन्मदिने आमाको मुख हेर्ने दिन
भलै, हामी नाममा काईलाबा (अर्थात् बा संकेतक ) होलाऔ, तरपनि हृदयमा राखेका आमाका स्नेह र ममताले नै बा’का हौसला हरु सार्थक हुन्छन . यसैले आउनुस आज काईली-आमा को मुख हेरौ। 

‘आमा’ वाचनमा जति सहजताको यो शब्द छ, भोगाईमा उति नै जटिलताको रहेछ।
रहेछ- भन्ने कुराले अज्ञात बोध जनाउछ। म पुरुष – आमा बन्न कहिल्यै सक्ने छैन, यो कुराको बोध अनुभवबाट गर्न पनि कहिल्यै पाउने छैन।
त्यसैले त अब मलाई ‘आमा’को वजन (तौल) नाप्न अनेकथरी मापनहरु चाहिनेछन् – जस्तै, २०६ ओटै हड्डीहरुलाई २/२ सय टुक्रा पार्दा एकैचोटी जति पिडा हुन्छ – एक नारी/महिला नारिबाट आमा बन्द त्यति नै पिडा हुन्छ – यो म र म जस्तै पुरुषहरुले शब्दबाट गर्ने आकंलनको बहाना मात्र हो। तर,वास्तविक आमा बन्नुको पिडा, आमालाई मात्र थाहा हुन्छ।

बदलामा के पाउछिन ?
प्रेम।
अहँ, मैले त मेरी आमालाई कहिल्यै त्यति प्रेम गरिन जति आमाले मलाई गरेको हिस्साको १० भागको १ भाग होस्।
बदलामा आमाले केहि पाउदिनन, बल्कि अनन्त प्रेम र ममता दिन्छिन।

‘आमा’ शब्द धेरैपटक उच्चारण गरे,धेरै पटक तिम्रो जन्मदिनमा,मेरो जन्मदिनमा होस् या त आमाकै मुख हेर्ने दिनमा Diary मा पनि लेखे, तर, अहँ, मेरो लेखी सधै नै अधुरो नै रहे – हरेक पटकको लेखनमा पाउछु – अझ आमा शब्दलाई न्याय गर्न सकेको छैन।

मेरो सौभाग्य – यो पाली भने म आफै आमा बन्न नसके पनि मेरी साथी आमा बनेकी छे। हर कुरा बाड्ने उसले नै बाडेको आमा बन्नुको अनुभवले भएपनि अलिकति अज्ञात बोध पाएको छु कि – ‘आमा’ शब्द वाचनमा जति सहज छ, भोगाई उति नै जटिल रहेछ।

“Oe आलु, सुनन, मलाई,’What to expect when you are expecting‘ book खोजेर पठाऊ त।
यो उसको message थियो।
मैले खोजे,पाए, ९सय बढी पेजको book, preface देखि सररर हेरे, के सम्बन्धि रहेछ भनेर।
pregnancy र pregnancy period मा के कस्ता फेज आउछन भनेर ९ महिनाकै हरेक अवस्थाका बारेमा लेखिएको रहेछ।
अहिले कुनै योजना छैन भनेकी थिई, तर अहिले यो पुस्तक एक्कासी मागेपछि मैले बुझ्नुपर्थ्यो, बुझे।
Call गरे,
‘ल भन, कसरी?’ मैले सोधे।

एक महिनापछि बल्ल शंका लागेर pregnancy test गर्दा थाहा पाएको रे।
‘तयार छौ ?’ – मैले सोधे।
‘सायद छु होला,खुसि छु। यति खुसि सायदै कहिल्यै थिए होला। ‘

यो कस्तो खुसि थियो थाहा भएन – तर खुसि म पनि थिए कि मेरी साथी pregnant हुदै थिई।
उसको बोलीमा उर्जा थियो -खुसि,आश्चर्य र आनन्दको। हरेक क्षण उसलाई नयाँ लाग्दै थियो। यो कुरा कहिल्यै अनुभव गर्न नपाउने म,उ बाट सुनेर भएपनि तृप्त हुदै थिए। उसका हरेक शब्द सुन्दा म मेरी आमाको कल्पना गर्थे। म गर्भमा रहंदा, मेरी आमाको लागि पनि यस्तो महसुस भएको हुदो हो।

Happy mothers day
Happy Mothers day – kailaba

मेरो लागि कहिल्यै पनि pregnant हुनु,pregnancy period का कुराहरु जस्ता कुराहरु बिचारहरु प्रार्थमिकतामा परेनन।मलाई त सधैँ नै, गर्भवती हुनु भनेको फगत एक घटना लाग्थ्यो – के नै हो र?
त्यहि एउटा बच्चा पाएको त हो नि-जस्तो लाग्थ्यो।
मेरै कति दिदिहरु गर्भवती हुनु भयो तर अहँ, कहिल्यै मैले यो रुपबाट महसुस गर्न सकिन। सधैं नै एक घटनाको रुपमा देखे।
तर, होइन रहेछ।
गर्भवती हुनु एक घटना मात्र होइन – यो त ती नौ महिने हरेक दिनको पनि हरेक second-second का परिघटनाहरुको योग हो। घटनाहरुको महाकुम्भ हो रहेछ – फेरी पनि अज्ञात बोध।

हरेक अघिल्लो आउने क्षणका लागि मेरी साथी – उत्सुक थिई, हरेक क्षण उसका लागि नया क्षण बन्दै थिए।
हामी सम्भवत: महिना दिनमा कुरा गर्थ्यौ-अनि घन्टौ कुरा गर्थ्यौ।
उ सुनाउथि, उसका हरेक क्षणका १ महिना।
म उत्सुकताका साथ सुन्थे – किनकि उसका अनुभवमा म मेरी आमालाई भेट्ने प्रयास गर्थे।

सम्पूर्ण क्षण त म शब्दमा कैद गर्न असमर्थ रहनेछु – तर पनि त्यो अनुभवमा मेरी साथी सम्पूर्ण भावहरु सम्मिश्रणमा अनुभव गर्थी।

उत्कट प्रेम, अनन्त ममता गर्भावस्थाबाटै सुरु भएको थियो। पिडा थियो – हरेक दिनका आफ्ना कार्यहरुमा बाधा पनि थियो – अड्चन पनि थियो।
क्षण-क्षणका mood swings पनि थिए – हर्मोनल निर्माण तथा बिकासका छालहरू थिए।
तर पनि, गर्भमा रहेको बच्चा धर्तीमा आउनु, आफ्ना ती न्यानो अँगालोले कोमल बच्चालाई स्पर्श गर्नु – यी र यस्तै कल्पनाले त्यो पिडा खेप्नुमा थप हौसला पुग्थ्यो – त्यो आउनेवाला क्षणका लागि यी पीडाहरु बिलिन भएर जान्थे।

बुबाको मुख हेर्ने बिशेस  पढ्न यहाँ थिच्नुहोस् .

५ महिना पुगेपछि – लात्ता हानेका महसुस गर्न सकिन्छ रे।
उ उत्साहित थिई ,प्रतिक्षारत थिई , कहिले लात्ता हान्ला। …..
लात्ता हानेको दिन – उ एकदम खुसि थिई।
अब प्रतिक्षा महाघटनाको थियो नै – त्यो भन्दा पहिले – झन् झनै बढ्दै गरेको पिडा पनि थियो।
रातभरका बेथितिका सुताई,एक्लो समय र मनभरिका विचार – यी र यस्तै थिए होलान – उसका समय व्यतित गर्ने साथी।

मेरा लागि भने उसका अनुभव-कहिल्यै हुननसक्ने अर्कै दुनियाका कुरा थिए – जसमा म मेरी आम महसुस गर्न सके।
हरेक पटक म मेरी आमालाई हेर्थे – मैले अज्ञात बोध पाएका यी सबै कुराहरुमा आमालाई देख्थे र धन्य महसुस गर्थे।

‘आमा महान छिन, अपरम्पार ममताकी खानी छिन।’ –
सधैं स्कुलमा पढाइने र पढिने वाक्य थियो – तर, जति अहिले महसुस गर्दै छु आमाको महिमा – त्यो कहिल्यै पाइन।

थाहा छैन, के चिजले आमाहरुलाई महान बनाउछ। कहिल्यै नदेखिने सामान्य – तर महान छिन आमा। संसारकै हरेक आमा महान छिन।

मैले हेर्ने KGF मा पनि Rocky भाइलाई ब्रान्डेड Rocky कहिल्यै देखिन – आमाको ममता र प्रेमको उत्कट निसानी देखे।

त्यो प्रतिक्षाको दिन आयो – घटनाहरुको महाकुम्भको दिन आयो – प्रसव पिडाले च्याप्यो र नया जन्म दियो।
मेरी साथी – जो अबला नारि थिई, बेढङ्गकि केटि थिई – उसलाई आमा बनायो र नया जीबनको सिर्जना गर्यो।

मैले १ लाइनमा लेखेको जस्तो यति सजिलो त पक्कै थिएन, त्यो भन्दा सहज थिएनन् अब आउने भोलिका दिनहरु।
“त्यो delivery को समयको पिडा त सिर्फ सुरुवात थियो – त्यसपछिका पनि हरेक दिन महाकुम्भ का मेल जस्तै बिताईरहेछु।” – delivery पछि साथीले भन्थी।
तिमि महान छौ – भर्खर बनेकी नौली आमा।
तिमि लगायत सम्पूर्ण आमाहरुलाई र भोलिका बन्ने आमाहरुलाई मातातिर्थ औंशीको शुभकामाना।

‘अन्त्य भएजस्तो लाग्थ्यो – ९ महिनापछि, तर त्यो त सुरुवात रहेछ। ‘

मेरी आमा आजपनि गर्भवती नै छिन – २३ बर्ष ६ महिनाको मलाई उनको प्रेम र महिमाको गर्भमा राखेकी छिन। म बुझ्न त नसकुला, तर बुझ्न प्रयास गरु तपाईका हरेक भावनाहरु।

यति भनिरहँदा, म मेरी आमालाई त स्मरण गर्दै छु नै – साथमा स्मरण गर्दै छु प्रियंका कार्की दिदीलाई – दिदि हजुर पनि यो बर्ष नै पहिलो पटक आम बन्नु भएको थियो।
साचो भन्दा, मलाई पहिले तपाईका सामाजिक संजालका पोस्टहरु नौटंकी नै लाग्थे – के चटक गरेको नै लाग्थे – क्षमा चाहन्छु।
पछि, मेरी साथीको अनुभव पछि – बल्ल तपाईका पोस्टले दुर-दुर रहेका धेरै चेलीहरुलाई पुगेका हौसला महसुस गरे – र मनमनै क्षमायाचन गरे।
त्यसपछि हजुरका सम्पूर्ण अन्तर्वार्ता तथा vlogs को रेगुलर viewer भएको छु।
आयुष्मानले “We are pregnant “, लेख्दा धेरै टिप्पणी आए, तर म पनि भन्छु, मेरी साथी pregnant हुदाँ – म पनि pregnant भएको थिए – र यो सौभाग्यका लागि – मेरी साथी प्रति आभारी छु।

टिकाटिप्पणीका बाबजुद पनि निरन्तर हौसला थप्दै जानुहोला – मेरो ‘आमा’ शब्दको गहिराइ बुझ्नमा हजुरबाट पाएका धेरै अनुभवका लागि आभारी छु।

शब्दमा व्यक्त गर्न नसकिने अनन्त प्रेम,महिमा र अतुलनिय सहनशीलताको रहस्यमय खानीको श्रोत सम्पूर्ण आमाहरु प्रति मातातिर्थ औंशीको शुभकामना।
सम्पूर्ण आमाहरुको भावनाको सदैव कदर गर्न सकु।
काईलाबा – जसले किताब पढ भन्छ परिवार को तर्फबाट सम्पूर्ण आमाहरुले निभाउनुभएको अतुलनिय योगदानका लागि आभारी छौ। सम्पूर्ण आमाहरुको प्रेम लाई न्याय गर्न सकौ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *